२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ २०७७ कार्तिक २३ गतेदेखि २९ गतेसम्मको साप्ताहिक राशिफल

२०७७ कार्तिक २३ गतेदेखि २९ गतेसम्मको साप्ताहिक राशिफल

 

मेष- आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा फाइदा हुने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।

वृष- प्रसन्नता र खुसीको समाचार आउने छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि यो साता आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । सुरुमा केही नोक्सानी बेहोर्नु पर्नेछ ।

 मिथुन- समाजिक क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

कर्कट- सुरूका दिनहरू प्रतिकुल छ्न् । सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । २६ गतेपछि राम्रो छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ ।

सिंह- परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।खानपिनमा रूचि बढ्ने छ। शुभ समाचार सुन्न पाइने छ। मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । पठनपाठमा रूचि बढ्ला । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।

कन्या – राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । यात्राको सम्भावना छ ।

 तुला – वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ।

वृश्चिक- समय मध्यम छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले काममा असर पर्नेछ । महिनाको प्रारम्भमा केहि राम्रो भएता पनि १० पछि अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने छ ।

धनु- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । आर्थिक क्षेत्र सवल रहने छ।

मकर– अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । जागिरेमा बढुवा, प्रशंसा र पुरस्कार पाउने योग छ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ ।तर घरायसी काममा समय र धन खर्च हुनेछ ।

कुम्भ- आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । सकारात्मक सोच बढ्ने छ। तपाईंको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् ।

 मीन- एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक सम्पर्क न.९८५७०३५४६१

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार