गृहपृष्ठ भैरबनाथ दर्शन गरि हेर्नुहोस माघ ११ गते देखि १७ गतेसम्मको साप्ताहिक राशिफल
भैरबनाथ दर्शन गरि हेर्नुहोस माघ ११ गते देखि १७ गतेसम्मको साप्ताहिक राशिफल
मेष: सामान्य समय छ । आय ब्याय बराबर हुनेछ । आफन्तबाट धोका हुन सक्छ । पारिवारिक बिवाद बढ्न सक्छ। लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ ।
वृष: भाग्योदयको समय छ । धर्मकर्म प्रति रूचि बढ्ने छ। सभा सम्मेलन सहभागी हुने योग छ । रोजगारमा पदोन्नति हुनेछ । शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।
मिथुन : समय मध्यम छ । ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्नेछ । आफन्त भनिएका बाटै धोका हुनेछ बुधबार पछि राम्रो समय आउने छ । आट उत्साह बढ्ने छ।
कर्कट: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । सन्तान पक्षबाट सहयोग मिल्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।
सिह: उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ। कारोबारमा फाइदा होला । गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । कन्या :सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ । पारिवारिक विवादले सताउन सक्छ । मंगलवार गते पछिका दिन राम्रो छन् ।
तुला: उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्नेछ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति हुनेछ ।
वृश्चिक : राम्रो समय छ । धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला ।
धनु: अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ । मन प्रसन्न रहने छ । धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा हुनेछ । पारिवारिक सुखशान्ती मिल्ने छ ।
मकर: तपाईंको लागी यो समय आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति हुनेछ । मिष्ठान भोजन मिल्ने छ । प्रेममा सफलता मिल्नेछ ।कार्य सफल छ ।
कुम्भ: समय सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । मंगलवार पछि राम्रो समय छ । घरमा शुभ कार्य हुन सक्छ । यात्रा सफल छ ।
मीन: तपाईंकोलागि यो समय निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । ब्यापारमा फाइदा हुनेछ । सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छ्न् ।
प्रस्तुतकर्ता: ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक रूपन्देही मोबाइल नं.९८५७०३५४६१




