२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ भैरबनाथ दर्शन गर्दै हेर्नुहोस माघ २५ गतेदेखि फागुन १ गतेसम्मको तपाइको भाग्य

भैरबनाथ दर्शन गर्दै हेर्नुहोस माघ २५ गतेदेखि फागुन १ गतेसम्मको तपाइको भाग्य

 

मेष: उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ। कारोबारमा फाइदा होला। गरिएको काम बाट सन्तुष्टि मिल्ने छ ।

 

वृष: सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ । पारिवारिक विवादले सताउन सक्छ । बुधबार पछिका दिन राम्रो छन् ।

 

मिथुन: उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्नेछ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति हुनेछ ।

 

कर्कट: राम्रो समय छ । धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला ।

 

सिंह: अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ । मन प्रसन्न रहने छ । धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा हुनेछ । पारिवारिक सुखशान्ती मिल्ने छ ।

 

कन्या: तपाईंको लागी यो समय आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति हुनेछ । मिष्ठान भोजन मिल्ने छ । प्रेममा सफलता मिल्नेछ ।कार्य सफल छ ।

 

तुला: समय सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । बिहीबार पछि राम्रो समय छ । घरमा शुभ कार्य हुन सक्छ । यात्रा सफल छ ।

 

वृश्चिक: तपाईंकोलागि यो समय निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा हुनेछ ।

 

धनु: सामान्य समय छ । आय ब्याय बराबर हुनेछ । आफन्तबाट धोका हुन सक्छ । पारिवारिक बिवाद बढ्न सक्छ। लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ।

 

मकर : भाग्योदयको समय छ । धर्मकर्म प्रति रूचि बढ्ने छ। सभा सम्मेलन सहभागी हुने योग छ । रोजगारमा पदोन्नति हुनेछ । शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।

 

कुम्भ: समय मध्यम छ । ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्नेछ । आफन्त भनिएका बाटै धोका हुनेछ बिहीबार पछि राम्रो समय आउने छ । आट उत्साह बढ्ने छ।

 

मीन: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । सन्तान पक्षबाट सहयोग मिल्ने छ। धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ ।

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक रूपन्देही सम्पर्क : ९८५७०३५४६१

यो भिडियो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार