गृहपृष्ठ भैरबनाथ दर्शन गरि हेर्नुहोस तपाइको फाल्गुन २३ गतेदेखि २९ गतेसम्मको साप्ताहित भाग्यफल
भैरबनाथ दर्शन गरि हेर्नुहोस तपाइको फाल्गुन २३ गतेदेखि २९ गतेसम्मको साप्ताहित भाग्यफल
मेष : नयाँ कार्यको शुभारम्भ हुनेछ । भूमि र ब्यापारबाट फाइदा हुनेछ । नयाँ बिषयबस्तुको जानकारी होला । महिनाको अन्त्यमा कार्यमा बिलम्भ हुनेछ । आपसी मनमुटाव बढ्ने छ ।
वृष : समय राम्रो छ । वैदेशिक यात्राको सम्भावना छ । पतिपत्नीको सम्बन्धमा समधुरता बढ्ने छ । प्रेम सफल हुनेछ । बोलिको प्रभाव बढ्ने छ ।
मिथुन : सभा सम्मेलनमा सहभागी भइने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । परोपकारिक कार्यमा रुची बढ्ने छ । रोकिएको कार्य सम्पादन हुनेछ । मन खुसी रहने छ । वाक्चतुर्याइ बढ्ने छ ।
कर्कट : हिम्मत र पराक्रम बढ्ने छ । दिदिबहिनी दाजुभाइको सम्बन्ध मजबुत हुनेछ । पारिवारिक भेटघाट हुनेछ । यात्रा सफल रहनेछ । मनमा शान्ति छाउने छ ।
सिंह : सन्तान सुख बढ्ने छ । शैक्षिक क्षेत्रमा निकै राम्रो प्रगति हुनेछ । धार्मिक आस्था बढ्ने छ । खर्च बढ्ने छ । काम गर्ने जोश जागर बढ्ने छ । यात्रा सहयात्रा सफल हुनेछ ।
कन्या : घरमा शुभ कार्य हुनेछ । आर्थिक दृष्टिकोणबाट फाइदा हुनेछ । नयाँ ज्ञान हासिल गर्ने योग छ । आफन्त सङ्ग भेटघाट हुनेछ । मन प्रसन्न रहने छ ।
तुला : सामान्य समय छ । खर्च बढ्न सक्छ । बुधबार बाट राम्रो समय आउने छ । मन प्रसन्न रहनेछ । मिष्ठान्न भोजन मिल्ने छ ।
वृश्चिक : लगानी अनुसारको परिणाम मिल्ने छ । मनमा सन्तोष छाउने छ । विद्यामा प्रगति हुनेछ । मान प्रतिष्ठा बढ्ने छ । यात्रा सफल रहने छ । नयाँ मित्र बन्ने छन् ।
धनु : यात्रा सहयात्रा राम्रो हुने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । मान सम्मान बढ्ने छ । रोकिएको धन मिल्नेछ ।आट, उत्साह बढ्ने छ । धन, मान र कृति बढ्ने छ ।
मकर : रोकिएको धन प्राप्त हुनेछ । मनमा सन्तोष छाउने छ। विद्यामा प्रगति हुनेछ । मान प्रतिष्ठा बढ्ने छ । मान्यजनको आशिर्वाद मिल्ने छ । कला र साहित्य तर्फ रूचि बढ्ने छ ।
कुम्भ : नयाँ ठाउँको भ्रमण हुनेछ । आफन्त सङ्ग भेटघाट होला । दाम्पत्य जीवन सुखद रहछ तर स्वास्थ्य समस्यामा भने सजग रहनु होला । परोपकारिक कार्यमा रूचि बढ्ने छ ।
मीन : आलस्य बढ्न सक्छ । कार्यमा केहि बिलम्भ हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । बुधबार पछि निकै राम्रो समय छ । आत्म सन्तुष्टि बढ्ने छ ।
प्रस्तुतकर्ता ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति.न. पा. १ नयाँमिलचोक रूपन्देही
सम्पर्क नं : ९८५७०३५४६१




