२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ हेर्नुहोस आषाढ २० गतेदेखि २६ गतेसम्मको तपाईंको साप्ताहिक भाग्यफल

हेर्नुहोस आषाढ २० गतेदेखि २६ गतेसम्मको तपाईंको साप्ताहिक भाग्यफल

मेष: भाग्योदयको समय छ । दिदिबहिनी तथा दाजुभाइको सम्बन्ध मजबुत हुनेछ। पारिवारिक भेटघाट होला । यात्रा सफल रहला । मनमा शान्ति छाउने छ । रोकिएको धन हाता पर्ने छ।

वृष: साताको निकै राम्रो छ । नयाँ ठाउँको भ्रमण होला । आफन्त सङ्ग भेटघाट होला । ब्यापारमा फाइदा होला। दिदिबहिनीसङ्गको सान्यिध्यता बढ्ने छ। दाम्पत्य जीवन सुखद रहला। स्वास्थ्य समस्यामा भने सजग रहनु होला ।

मिथुन: राम्रो समय छ । मनमा सन्तोष छाउने छ। विद्यामा प्रगति होला मान प्रतिष्ठा बढ्ने छ। यात्रा सफल रहने छ । मान्यजनको आशिर्वाद मिल्ने छ। कला र साहित्य तर्फ रूचि बढ्ने छ।

कर्कट: यो साता मध्यम छ। प्रारम्भमा केहि चुनौती सामाना गर्नु पर्ने छ। अनावश्यक यात्रा होला । कार्यमा केहि बिलम्भ होला। । स्वास्थ्यमा समस्या आउन सक्छ । साताको मध्य बाट निकै राम्रो समय छ । आत्म सन्तुष्टि बढ्ने छ । पारिवारिक खुसी मिल्ने छ ।

सिह: राम्रो समय छ। शुभकार्यमा मन लाग्ने छ। आर्थिक दृष्टिकोणबाट यो साता फाइदामा जाने छ। नयाँ ज्ञान हासिल गर्ने योग छ । यात्रा सफल होला। मातापिताको आशिर्वाद मिल्ने छ।आफन्त सङ्ग भेटघाट होला।

कन्या : वैदेशिक यात्राको सम्भावना छ । पतिपत्नीको सम्बन्धमा समधुरता आउन सक्छ । व्यापार व्यावसायमा फाइदा होला । बोलिको प्रभाव बढ्ने छ।

तुला : उत्तम समय छ । मिष्टान्न भोजन प्राप्त होला। सभा सम्मेलनमा सरिक भैयोला। परोपकारिक कार्यमा रुची बढ्ने छ। रोकिएको कार्य सम्पादन होला । मन खुसी रहने छ । वाक्चतुर्याइ बढ्ने छ ।

वृश्चिक: शैक्षिक क्षेत्रमा निकै राम्रो प्रगति होला। धार्मिक आस्था बढ्ने छ । आम्दानीको तुलनामा खर्च बढ्ने छ । काम गर्ने जोश जागर बढ्ने छ । यात्रा सहयात्रा सफल होला ।

धनु: उत्तम समय छ । भूमि र ब्यापारबाट फाइदा होला । नयाँ बिषयबस्तुको जानकारी होला । कार्यमा बिलम्भ होला । आपसी मनमुटाव बढ्ने छ।

मकर: समान्य समय छ । स्वास्थमा समस्य आउन सक्छ । खर्च बढ्न सक्छ । यद्यपि साताको मध्य बाट राम्रो समय आउने छ । मन प्रसन्न रहला मिष्टान्न भोजन मिल्ने छ।

कुम्भ: राम्रो समय छ । मनमा सन्तोष छाउने छ। विद्यामा प्रगति होला । मान प्रतिष्ठा बढ्ने छ। यात्रा सफल रहने छ । मान्यजनको आशिर्वाद मिल्ने छ । नयाँ मित्र बन्ने छन्

मीन: भाग्योदयको समय छ । धार्मिक कार्यमा रुची बढ्ने छ मान सम्मान बढ्ने छ । रोकिएको धन प्राप्त होला ।आट, उत्साह बढ्ने छ। धन,मान र कृति बढ्ने छ।

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. ७, भलवारीचोक रूपन्देही सम्पर्क न : ९८५७०३५४६१

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार