गृहपृष्ठ हेर्नुहोस साउन ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल,यी राशिको चम्कदैछ भाग्य
हेर्नुहोस साउन ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल,यी राशिको चम्कदैछ भाग्य
साउन ३, २०७८ |
ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) |
रुपन्देही |
मेष: तपाईंकोलागि यो समय निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । ब्यापारमा फाइदा हुनेछ ।
वृष: सामान्य समय छ । आय ब्याय बराबर हुनेछ । आफन्तबाट धोका हुन सक्छ । पारिवारिक बिवाद बढ्न सक्छ। लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ ।
मिथुन: उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ। कारोबारमा फाइदा होला । गरिएको काम बाट सन्तुष्टि मिल्ने छ ।
कर्कट: सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ । पारिवारिक विवादले सताउन सक्छ । ५ गतेदेखि पछिका दिन राम्रो छन् ।
सिंह: उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्नेछ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति हुनेछ ।
कन्या: राम्रो समय छ । धन,धर्म र प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला ।
तुला : अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ । मन प्रसन्न रहने छ । धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा हुनेछ । पारिवारिक सुखशान्ती मिल्ने छ ।
वृश्चिक : तपाईंको लागी यो समय आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति हुनेछ । मिष्ठान भोजन मिल्ने छ । प्रेममा सफलता मिल्नेछ ।कार्य सफल छ ।
धनु : भाग्योदयको समय छ । धर्मकर्म प्रति रूचि बढ्ने छ। सभा सम्मेलन सहभागी हुने योग छ । रोजगारमा पदोन्नति हुनेछ । शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।
मकर : समय मध्यम छ । ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्नेछ । आफन्त भनिएका बाटै धोका हुनेछ बुधबार गतेपछि राम्रो समय आउने छ । आट उत्साह बढ्ने छ।
कुम्भ: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । सन्तान पक्षबाट सहयोग मिल्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।
मीन: समय सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । ७ गतेदेखि राम्रो समय छ । घरमा शुभ कार्य हुन सक्छ । यात्रा सफल छ ।
प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. ७, भलवारीचोक रूपन्देही सम्पर्क न : ९८५७०३५४६१