२०८३ भदौ ११ गते बिहीवार | August 27, 2026

गृहपृष्ठ पशुपतिनाथ दर्शन गरि पढ्नुहोस आज असोज १२ गते मंगलबार,यी राशिको चम्किदैछ भाग्य

पशुपतिनाथ दर्शन गरि पढ्नुहोस आज असोज १२ गते मंगलबार,यी राशिको चम्किदैछ भाग्य

मेष : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

बृष : सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ ।

मिथुन : तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । विगतको श्रमबाट भने लाभ हुनेछ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ ।

कर्कट : प्रतिष्ठित काम गर्ने मौका छ । आत्म विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ ।

सिंह : महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।

कन्या : काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।

तुला : आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् ।

बृश्चिक : समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

धनु : शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मकर : श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

कुम्भ : स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ ।

मीन : अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । फाइदा कम मात्र हुनेछ । पठन पाठनमा त्यति समय दिन नसकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार