२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सिंहले हनुमान मन्दिर दर्शन गर्दा उर्जा उत्पन्न मिल्ने, कन्याकाे दाम्पत्य जीवनमा सुख हुने

सिंहले हनुमान मन्दिर दर्शन गर्दा उर्जा उत्पन्न मिल्ने, कन्याकाे दाम्पत्य जीवनमा सुख हुने

काठमाडौं, २१ मंसिर। आजको पात्रो : २१ मंसिर, २०७८ । ७ डिसेम्बर, मंगलबार । मार्गशीर्ष शुक्लपक्ष चतुर्थी, उत्तरषाढा नक्षत्र, बृद्धि योग, चन्द्रमा धनु राशिमा छ । देवता सूर्य, ग्रहदेव बुध मंगलबारको दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो ।

सनातनशास्त्रमा हरेक दिन र हरेक बारको फरक-फरक विशेषता रहेको छ । आजको सूर्योदय बिहान ६ः४३ बजे हुनेछ भने सूर्यास्त ०५ बजेर सात मिनेटमा हुनेछ । आज राहुकालको समय दिउँसो २ः३३ देखि ३ः५१ सम्म रहेको छ । अभिजित मुहूर्त बिहान ११ः३५ देखि १२ः१६ सम्मको समयमा रहेको छ । सकेसम्म राहुकाल भएको समयमा शुभकाम नगर्दा राम्रो हुनेछ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  हरेक मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । व्यापारबाट पनि लाभ मिल्नेछ ।  दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायीभन्दा बढी यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  आजको दिन  निकै शुभ रहेको छ । व्यापारव्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईको गर्ने काममा सफलता मिल्नेछ । नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईँप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा तपाईको लागि हानी हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईँलाई दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।  या    त्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ ।  आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोल तपाईँले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापारव्यवसायमा तपाईँको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईँले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु बेस हुनेछ ।   

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मंगलबारको दिन बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार