२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ मनकामना मन्दिरको दर्शन गरी आजको राशिफल हेर्नुहोस्!

मनकामना मन्दिरको दर्शन गरी आजको राशिफल हेर्नुहोस्!

मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । धनार्जनको योग रहेको छ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट प्रसस्त आम्दानी होला ।

बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
प्रियजनसंग बिछोड हुनसक्नेछ ।  शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । नविन व्यवसायमा घाटा हुने अबस्था छ हात नहालेकै राम्रो ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । माटो तथा कृषि सम्बन्धि काममा फाइदा होला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आफ्नो क्षेत्रमा प्रभुत्व कायम राख्न सफल भइने छ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
टाउकोमा समस्या आउने छ । स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । यात्रा फलदाइ रहला । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । विलासिताका वस्तुमा मन जानेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
मिहनेतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुनेछैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुनेछैन ।

मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
आफन्तहरुसंग झगडा हुन सक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार