गृहपृष्ठ सुर्यदेव भगवानको दर्शन गरि हेर्नुहोस् आज पुस २५ गते आइतबार यी राशिको चम्कदैछ भाग्य
सुर्यदेव भगवानको दर्शन गरि हेर्नुहोस् आज पुस २५ गते आइतबार यी राशिको चम्कदैछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल छ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा फाइदाको योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । केहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट धन लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुन सक्छ, निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नगद सहयोग गर्न बन्द गर्नुहोला । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हड्डी, नशा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन् । विद्यार्थीहरुका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पति पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ । बोलीको भरमा काम सम्पादन हुने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्ने छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हाड जोर्नीको समस्याले सताउनेछ । आर्थिक कारोबारमा समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।
राशिफल जे जस्तो भएपनि भाग्यमा भन्दा कर्ममा बिश्वाश गर्नुहोस अवस्य सफलता प्राप्त हुनेछ ।




