२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ गणेश भगवानको दर्शन गरि हेर्नुहोस् आज फाल्गुन २४ गतेको तपाईंको भाग्यफल

गणेश भगवानको दर्शन गरि हेर्नुहोस् आज फाल्गुन २४ गतेको तपाईंको भाग्यफल

मेष : हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला ।

बृष : आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ ।

मिथुन : पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।

कर्कट : कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ ।

सिंह : पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ ।

कन्या : पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।

तुला : नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

बृश्चिक : परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोट पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ ।

धनु : कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् ।

मकर : तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । बन्द व्यापारबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल नै छ । गहना, कपडा वा धातुको वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला ।

कुम्भ : हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ, त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मीन : नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार