२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ नेपाल टेलिकमको सस्तो डेटा प्याकहरु यसरी सुचारु गर्नुहोस…

नेपाल टेलिकमको सस्तो डेटा प्याकहरु यसरी सुचारु गर्नुहोस…

हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमले मोबाइल सेवाका ग्राहकहरुका लागि आकर्षक डाटा सुविधा ल्याएको छ।
डाटा सुविधा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिन्छ ।

टेलिकमले ल्याएको डेटा सुविधाहरू यस्ता छन्ः

वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक

२८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६ सय ४९ रूपैयाँमा पाइन्छ।
७ दिनका लागि १.५ जीबी प्याक

७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ। नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रूपैयाँमा उपलब्ध गराइरहेको छ।

२ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक

२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ। यो ३० रूपैयाँमा उपलब्ध छ।
५०० एमबी पर डे डाटा प्याक

जम्मा २ सय ९९ मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ।

साथै, यो सुविधा ग्राहकले *१४१५# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार