२०८३ साउन १३ गते बुधवार | July 29, 2026

गृहपृष्ठ विषम परिस्थितिलाई मध्यनजर गर्दै एनसेलले ल्यायो विभिन्न राहत प्याकहरू (सूचीसहित)

विषम परिस्थितिलाई मध्यनजर गर्दै एनसेलले ल्यायो विभिन्न राहत प्याकहरू (सूचीसहित)

एनसेलले कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका साथ विभिन्न राहत अफरहरु ल्याएको छ ।

प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरू र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायत अफर ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ग्राहकमैत्री यी अफरले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र आपतकालीन अवस्थामा आवश्यक सहयोग लिन योगदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्रत्येक रिचार्जमा बोनस डेटा :

कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले ५० रूपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन्। ५० देखि ९९ रूपैयाँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्छन्। बोनस डेटा एक दिनका लागि मान्य रहनेछ।

त्यसै गरी १०० देखि १९९ रूपैयाँ, २०० देखि २९९ र ३०० देखि ४९९ रूपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमशः १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसका रूपमा पाउनेछन् । ५०० देखि ९९९ रूपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा हजार रूपैयाँ र यसभन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप पाउने कम्पनीले जनाएको छ ।

३० दिने डेटा प्याकमा डबल डेटा :

मंगलबार ९वैशाख २१० बाट सञ्चालनमा आएको यो अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याक लिँदा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस पाउनेछन् । ग्राहकले करसहित २४९ रूपैयाँमा ३.५ जिबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जिबी डेटा पाउँछन्।

त्यसैगरी कर सहित ३९९ रूपैयाँमा ६ जिबी डेटा लिने ग्राहकले थप ६ जिबी बोनस गरी कुल १२ जिबी र ४९९ रूपैयाँमा १० जिबी डेटा लिनले कुल २० जिबी डेटा पाउनेछन्।

वर्क फ्रम होम अफर :

कार्यालयका कामकाज तथा पढाइ घरबाटै गर्नुपर्ने ग्राहकको आवश्यकता ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ ।

दैनिक डेटा प्याकमा ग्राहकले करसहित ३१ रूपैयाँमा २ जिबी एप डेटा पाउनेछन्। यो डेटा भोल्युम मार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ। यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्छन्।

त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले करसहित १२७ रूपैयाँमा १४ जिबी एप डेटा तथा ३ जिबी अल टाइम डेटा प्रयोग गर्न सक्छन्। ग्राहकले *१७१२३# डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोज्न सक्छन् । प्याक अन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान डेटा शुल्क लाग्नेछ।

डिजिटल प्लेटफर्म मार्फत प्याक खरिदमा बोनस :

हाल विभिन्न जिल्लामा लागू निषेधाज्ञामा ग्राहकलाई रिचार्ज कार्ड सहजै पाउन सम्भव छैन । यस्तो अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरू ( एनसेल एप, च्याटबट र वेबसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् ।

यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन् ।

१ दिनको प्याक ९१८ रूपैयाँ०, ७ दिनको प्याक ९९८ रूपैयाँ०, १४ दिनको प्याक ९१३९ रूपैयाँमा खरिदमा १५० एमबी देखि २ जिबीसम्म बोनस डेटाको सुविधा छ। त्यस्तै ट्रिपल मजा प्याक अन्तर्गत ७ दिनको प्याक ९१०९ रूपैयाँ०, १० दिनको प्याक ९१४७ रूपैयाँ र ३० दिनको प्याक ९४५९ रूपैयाँको खरिदमा ०.५ जिबीदेखि ०.७५ जिबीसम्म बोनसको फाइदा लिन सकिन्छ।

एनसेल सापटीमा विभिन्न सुविधा :

एनसेलले ग्राहकको सञ्चार सेवा आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामा थप सुविधा दिएको जनाएको छ। यो योजना लागू भएसँगै ग्राहकले अब सापटी सेवा अन्तर्गत पुरानै सेवा शुल्कमा ८० रूपैयाँसम्म सापटी लिन सक्नेछन् ।

साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटी अन्तर्गत लिन सक्छन् । यस सुविधाका लागि ग्राहकले डेटा सुल्क, सेवा शुल्क र करसहित ८२.५५ रूपैयाँपछि रिचार्ज गरी तिर्न सक्छन्। सापटी सेवामै ग्राहकले एक दिनको समयसीमा रहेको १५ मिनेटको टक टाइम कुल १२.५५ रूपैयाँमा र २०० एमबी डेटा २२.५५ रूपैयाँमा लिन सक्छन् ।

आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले *९९८८# डायल गरी सापटी लिन सक्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार