गृहपृष्ठ नेपालमै पहिलो पटक विद्युतीय सवारी एसेम्बल प्लान्ट निर्माण हुदै
नेपालमै पहिलो पटक विद्युतीय सवारी एसेम्बल प्लान्ट निर्माण हुदै
काठमाडौं । सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । निषेधाज्ञा हटेको ६ महिनाभित्र एसेम्बल प्लान्ट स्थापना गरी सक्ने कम्पनीले जनाएको छ ।
सुन्दर यातायातका सञ्चालन भेषबहादुर थापाले निषेधाज्ञ सकिएलगत्तै एसेम्बल प्लान्ट निर्माण गर्ने तयारीमा रहेको बताए । नेपालभर गुड्ने सवारीसाधन चर्को भन्सार दर तिरेर आयात गर्नु पर्ने बाध्यता रहेको छ । यस अवस्थाको अन्त्य गर्दै सुन्दर यातायातले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट खोल्ने तयारी गरेको हो ।
त्यसो त पछिल्लो समय नेपालमा स्वदेशी र विदेशी कम्पनीले गाडी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न निकै चासो समेत दिन थालेका छन् । नेपालमा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट स्थापना गर्नका लागि सुन्दर यातायात प्रालिले रुपन्देहीमा प्लान्ट स्थापनाको काम शुरु गर्ने तयारी गरेको छ ।
चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनीयरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्न लागिएको हो ।
विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएपछि चीनको सेचुवान गुहाङ अटोमोबाइल्स् कम्पनीले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कोरोनाका कारण हाल केही हुन नसकेको थापाले बताए ।
नेपालमा विद्युतीय एसेम्बल प्लान्ट स्थापना गर्न कतिको सम्भव छ भनि अध्ययन गर्नका लागि चिनियाँ टोली गत मंसिर १० गते काठमाडौं आएको समेत उनले जानकारी दिए ।
नेपाल र चीनको टोलीले अध्ययन गरी प्लान्ट स्थापनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र अर्थ मन्त्रालयसँग छलफल गरी सहमतिका साथ काम अघि बढाउन अन्तिम तयारी भइरहेको उनले बताए ।
‘हामीले अध्ययन गरिसकेका छौँ, चिनीया कम्पनीसँग पाटपुर्जा ल्याउने र उनीहरुकै टेक्नीसियन केही समय राखेर नेपालीलाई एसेम्बलको ट्रेनिक पनि दिने भएका छन्,’ थापाले चाणक्य पोष्टसँग भने ‘सबै प्रकृया सकिसक्यो अब निषेधाज्ञ सकिएको ६ महिना भित्र एसेम्बल प्लान्ट नै सञ्चालनमा ल्याउने छौँ ।’
प्रदेश नम्बर ५ स्थित रुपन्देही सीमा क्षेत्रबाट सेन्टर समेत पर्ने भएकाले सोही स्थानमा प्लान्ट खोल्न लागेको उनले बताए । प्लान्ट निर्माणका लागि १२ विघा क्षेत्रफल चाहिने छ ।
कुल १ अर्ब रुपैयाँ लगानीमा प्लान्ट निर्माण गर्न लागिएको हो । पछिल्लो समय विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला कम्पनीले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधन एसेम्बल गर्न प्लान्ट निर्माण शुरुवात गर्न लागेको हो ।
प्लान्ट स्थापना गरेपछि कम्पनीले पार्टपुर्जा आयत गरी नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्नेछ । नेपालका विभिन्न सहरहरुमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको सुन्दर यातायात प्रालीले विद्युतीय बसहरु चीनको सेचुवान गुहाङ अटोमोबाइल्स् कम्पनीबाट नेपाल भित्रिरहेका छन् ।
काठमााडौं विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातयातले अब बुटवलमा पनि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ





