२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ब्राजिलमा ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण

ब्राजिलमा ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण

 ब्राजिलमा कोरोना भाइरसका संक्रमित ५० लाख नाघेका छन् ।विश्वमा तेस्रो धेरै कोरोना प्रभावित मुलुक ब्राजिलमा संक्रमितको संख्या ५० लाख नाघेको हो ।

पछिल्लो २४ घण्टामा ३१ हजार ४०४ संक्रमित थपिएसँगै संक्रमित संख्या ब्राजिलमा संक्रमित संख्या ५० लाख २ हजार ३५७ पुगेको हो ।

यस्तै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७३३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ३०४ पुगेको हो ।

अहिलेसम्म ४३ लाख ९१ हजार ४२४ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ६२ हजार ६२९ जनाको उपचार भइरहेकोमा ८ हजार ३१८ जना सिकिस्त छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार