२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ निसन्तान एक दम्पतीले बछेडोलाई छोरा बनाए, ५०० जनालाई भव्य भोज

निसन्तान एक दम्पतीले बछेडोलाई छोरा बनाए, ५०० जनालाई भव्य भोज

छिमेकी मुलुक भारतको एक निसन्तान दम्पतीले चाहिँ मान्छेको बच्चालाई नभै घोडाको बच्चा अर्थात् बछेडालाई धर्मपुत्र बनाएर सबैलाई अचम्ममा पारिदिएको छ । विवाहित दम्पतीको मुख्य चाहना नै सन्तान प्राप्ति हुन्छ ।

कतिपय दम्पतीहरु ठूलो प्रयासका बाबजुत पनि बच्चा जन्माउन असमर्थ हुन्छन् । त्यस्ता निसन्तान दम्पतीहरुले सन्तानको चाहना पूरा गर्न धर्मपुत्र र धर्मपुत्रीसमेत अपनाउने गरेको पाइन्छ । भारतको उत्तरप्रदेशस्थित शाहजहाँपुर जिल्लामा बस्ने उक्त निसन्तान दम्पतीले बछेडालाई छोरा बनाउँदै उसको मुण्डन गराउनुका साथै गाउँलेहरुलाई बोलाएर भव्य भोजभतेरसमेत गरे । उक्त भोजमा झण्डै ५ सय जना सहभागी भए । आफ्नै घरमा पालेको बछेडालाई आफ्नो छोराको रुपमा स्वीकार गर्दै उक्त दम्पतीले स्थानीय गोमती नदीको ललतू घाटमा लगेर विधिविधान पूर्वक पुत्रको रुपमा मुण्डन गराएका हुन् ।

उक्त बछेडाको नाम ललतू बाबा राखिएको छ । घोडाको बच्चालाई धर्मपुत्र बनाउने व्यक्तिहरु विजयपाल र उनकी पत्नी हुन् । उनीहरु बिहेको १५ वर्ष पुग्दासमेत सन्तान प्राप्त गर्न असफल रहेसँगै बाछोलाई नै छोरा बनाउने टुंगोमा पुगे । मुण्डन कार्यक्रममा सहभागी हुनका लागि नदी घाटसम्म पुग्न उक्त बछेडासँगै विजयपाल, उनकी पत्नी, परिवारका अन्य सदस्यहरु तथा गाउँलेहरु समेत ट्रयाक्टरहरुमा चढेर गएका थिए । बछेडाको मुण्डन संस्कार समारोह तथा भोजमा सहभागी हुनका लागि विजयपालले ५०० भन्दा धेरैलाई बकाइदा कार्ड छापेर आमन्त्रण गरेका थिए । बुधबार बेलुका विजयको घरमा भव्य भोजको आयोजना गरिएको थियो ।

एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार