२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ भारतमा कोरोना : संक्रमित घट्यो, मृत्युदर बढ्यो !

भारतमा कोरोना : संक्रमित घट्यो, मृत्युदर बढ्यो !

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या केही घटे पनि संक्रमणबाट मृत्यु हुनेको संख्या भने बढेको छ ।

यो अवधिमा १४ हजार ३४८ जना संक्रमित भए भने मृत्यु हुनेको संख्या ८०५ पुग्यो । मृत्यु हुनेमा सबैभन्दा बढी केरला राज्यका छन् ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार १९८ छ । हालसम्म भारतमा ३ कारोड ४२ लाख ४६ हजार १५ जना संक्रमित भइसकेका छन भने, ३ करोड ३६ लाख २७ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी हालसम्म भारतमा ४ लाख ५७ हजार १९१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा अहिले एक लाख ६१ हजार ३३४ जना सक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार