२०८३ साउन १० गते आइतवार | July 26, 2026

गृहपृष्ठ प्रदर्शनकारी इराकको संसद भवन छिरे : नाचगान गर्दै टेबलमा सुते

प्रदर्शनकारी इराकको संसद भवन छिरे : नाचगान गर्दै टेबलमा सुते

काठमाडौँ । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् । धर्मगुरु मुक्तदा अल-सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

गत अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ । प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन् । भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेका थिए । त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन । एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार