गृहपृष्ठ ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार र उनको श्रीमती ४ लाख घुससहित अख्तियारको फन्दामा
ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार र उनको श्रीमती ४ लाख घुससहित अख्तियारको फन्दामा
एक प्रहरी कर्मचारी र उनको श्रीमती ४ लाख घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र साहानी र उनको श्रीमती निर्मला केवटलाई ४ लाख घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज (शुक्रबार) रंगेहात पक्राउ गरेको हो ।
थुनुवाहरुलाई धरौटीमा छुटाइदिन्छु भन्दै सेवाग्राही संग प्रहरी हवल्दार शिवचन्द्र साहानी र निर्मला केवटले चार लाख घुस लिदैँ गर्दा सियारी गाउँपालिका वडा न.७ अमुवाको खनाल मिष्ठान्न भण्डारबाट रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुचना अधिकारी सुरेश भुषालले जानकारी दिए । थप अनुसन्धान अघि बढेको अख्तियारले जनाएको छ ।





