२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

यूवा सचेतना संस्था पश्चिम् नवलपरासीको आयोजना मा विजया दशै ,मोहम्मद जयन्ती , शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम रामग्राम नगरपालिका वडा न० २ परासीमा सम्पन्न भएको छ ।

युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलीको अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड न० २ का वडा अध्यक्ष चन्द्रिका अग्रहरीको प्रमुख अतिथिक्ता तथा कार्यपालिका सदस्य सुनिता श्रेष्ठको बिशिस्ट अतिथिक्ता , रामग्राम नगरपालिका वडा न ०२ का वडा सदस्य धिरज हलुवाई , संतोष खनाल, विमला हरिजन ,पत्रकार रन्जीत शर्मा , योगदान रास्ट्रका लागी जिल्लाअध्यक्ष ग्यानेश्वर सहानी , सामाजिक अभियन्ता बिनय मिश्र , अमरमणी गुप्ता अतिथिक्ता लगायत संस्थाका सम्पुर्ण सदस्यहरुको उपस्तिथिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रहरीले कोरोनाको महामारी हालसम्म रहि रहेको ले उच्च सतर्कता अपनाउदै आफ्नै घर परिवारमा यस वर्षको दसैं तिहार मनाउन आग्रह गर्दै सम्पुर्ण जनसमुदायहरुमा शुभकामना समेत व्यक्त गरेका छन ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार