२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त

पत्रकार भुवन केसी अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका केसी मिडिया र राजनीतिमा विशेष दक्खल राख्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिशास्त्रमा एमए, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा एमए, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राज्युएट गरेका केसीले पत्रकारितामा पिएचडी गर्दैछन् । सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसीको सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धनमुलुक लेखहरु प्रकाशित छन् ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एन्ड कम्युनिकेसन प्रमुखमा कार्यरत केसी सूचनामा सहज पहुँच, पत्रकारको हकहित तथा सुरक्षा र पत्रकारिता क्षेत्रको प्रवर्धन गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार