गृहपृष्ठ सैनामैनामै पहिलो पटक स्विमिङ पुलसहितको सुविधायुक्त पार्टी प्यालेस संचालनमा
सैनामैनामै पहिलो पटक स्विमिङ पुलसहितको सुविधायुक्त पार्टी प्यालेस संचालनमा
रुपन्देहीको सैनामैनामा सुविधा सम्पन्न ‘सैनामैना वाटर वल्ड’ सञ्चालनमा आएको छ । शहरीकरणतर्फ उन्मुख रुपन्देहीको सैनामैनामा स्थानीय तिन युवाको संयुक्त लगानीमा पार्टि प्यालेस सहितको स्तरीय‘सैनामैना वाटर वल्ड’ शुक्रबार देखि सञ्चालनमा आएको सञ्चालक विष्णु पाण्डेले जानकारी दिए ।करिब २ विगाहा लिज जगामा बनाइएको उक्त वाटर वल्ड करिब १६ करोडको लगानीमा सम्पन्न भएको सञ्चालक विकास अधिकारीले जानकारी दिए । २ वर्ष सम्मको अथाक प्रयासबाट देशकै नमुना स्विमिङ पुलसहितको सुविधायुक्त पार्टि प्यालेस संचालनमा ल्याइएको सञ्चालक अधिकारीले दावि गरेका छन् ।
वडा नं.७ स्थित बयरकट्टीमा रहेको उक्त वाटर वल्डको सैनामैना नगरउप्रमुख विना रानाले शुक्रबार उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै नगर उपप्रमुख विना रानाले स्थानीय क्षेत्रमा बृहत रुपमा युवाहरुले गरेको लगानी प्रति खुशी प्रकट गर्नुभएको छ । नगरपालिको विकास र समृद्धि,कृषि र पर्यटन क्षेत्रमा समेत यस्ता ब्यवसायात्मिक क्रियाकलापले टेवा दिने तर्क गर्दै युवाको लगानी अनुसारको प्रतिफल अपेक्षाकृत हुने विश्वास उपप्रमुख रानाले ब्यक्त गरिन् ।ठुला ब्यवसायीहरु संग पनि नगरपालिका साझेदारी गरि अघि बढ्ने बताउदै ब्यवासीयक हितमा समेत काम गर्ने प्रतिबद्धता उनले गरिन् ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि सैनामैना नगर इन्चार्ज खुशीराम चौधरी, सैनामैना उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रेम खड्का,उपभोक्ता संरक्षण हित मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतमले बोल्दै देशले नै गौरव गर्ने खालको स्विमिङ पुलसहितको सुविधायुक्त पार्टि प्यालेस बनेको बताएका छन् । निजि लगानीले पनि देशको अर्थतन्त्र संगै रोजगारको अवसर बलियो बनाएको तर्क उनीहरुले गरेका छन् ।
यस्तै कार्यक्रममा सञ्चालक विष्णु पाण्डेले लुम्बिनी संग जोडिएका अधिक एतिहासीक,सास्कृतिक,पुरातात्विक र पर्यटन क्षेत्रमा अवलोकनका लागी आउने आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन स्तरीय स्विमिङ पुलसहितको सुविधायुक्त पार्टि प्यालेस सञ्चालनमा ल्याएको बताएका छन् । विदेशमा लगानी गर्नुभन्दा स्वदेशमै गरेको लगानीले उचित प्रतिफल दिने भन्दै सञ्चालक पाण्डेले अरु युवारुलाई पनि स्वदेशमै लगानी गर्ने प्रोत्साहन गरेका छन् । धेरै खर्च गरि आनन्द लिन बाहिर धाउन नपर्ने बताउदै बालबालिका देखि बृद्धा सम्मका लागी आर्कषक गतब्य बन्ने दावि उनले गरेका छन् ।
एट्याज रुम, एसी रुम, पार्टी हल, मिटिङ्ग हल, सभाहल, रेष्टुरेण्ट हल सहितको होटल तथा रेष्टुरेन्ट रहेको जानकारी गराएका छन् । क्षमताको हल सहित, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुबिधा रहेको पार्टि प्यालेस विशेष गरि सैनामैना को पर्यटन विकास शहर उन्मुख र सवैको आवश्यकतालाई मध्यनजर गर्दै सन्चालनमा ल्याइएको सञ्चालक विकास अधिकारीले बताए ।
उद्ध्घाटन कार्यक्रममा सञ्चालक प्रेम बहादुर वाग्लेको स्वागत तथा मदन थापाको सञ्चालनमा कार्यक्रम भएको हो । हाल ‘सैनामैना वाटर वल्ड’मा २४ जनाले रोजगार पाएका छन् ।





