२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ पैसा लिई बेलहिया नाकाबाट अवैध रुपमा मानिस प्रवेश गराउने भारतीय युवक पक्राउ

पैसा लिई बेलहिया नाकाबाट अवैध रुपमा मानिस प्रवेश गराउने भारतीय युवक पक्राउ

रुपन्देहीको बेलहिया नाकाबाट अवैध मानिस प्रवेश गराउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । चार्डपर्वलाई लक्षित गरि सरकारले सिमा नाकाबाट हुने आवागमनलाई कात्तिक मसान्त सम्म बन्द गरेको बेला रकम लिई रुपन्देहीको बेलहिया नाकाबाट भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने भारतीय नागरिकलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोख्रेलले जानकारी दिनुभयो ।

भारतसंग सिमा जोडिएको रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा न.१ बेलहिया स्थित कोटहीमाई गल्ली हुदै भारतीय नागरिकलाई प्रवेश गराएको भन्दै भारतको उत्तरप्रदेश महाराजगज जिल्ला मदरा बस्ने वर्ष २० का अजय भारतीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनभयो । प्रहरी नायव उपरिक्षक खत्रीका अनुुसार रु.एक हजार लिई भारतीय नागरिकलाई अवैध रुपमा नेपाल भित्राइएको बताइएको छ । सिमा नाकामा हुने अवैध गतिविधीलाई रोक्न प्रहरीले विशेष सुरक्षा ब्यवस्था परिचालन गरेको बताउँदै स्वास्थ्य मापदण्ड विपरित कोहि पनि नागरिक नेपाल भित्रिन नपाउँने प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

कोरोना कहरको बेला चार्डपर्वलाई मध्येनजर गर्दै सरकारले देशभैरिकै सिमा नाका कात्तिक मसान्त सम्म बन्द गरेको छ । रुपन्देहीको बेलहिया नाका भने स्वास्थ्य मापदण्ड अपनाएर आवागमनका गतिविधी भइरहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार