२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ आज थपिए २९ सय ३३ जना कोरोना संक्रमित, सक्रिय संक्रमित संख्या ३७ हजार ५२४

आज थपिए २९ सय ३३ जना कोरोना संक्रमित, सक्रिय संक्रमित संख्या ३७ हजार ५२४

नेपालमा पछिल्लो २४ घन्टामा थप २९ सय ३३ जना कोरोना संक्रमित थपिएका छन   । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल २९ सय ३३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ७६ हजार ५०० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३१ सय ५० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ३७ हजार ९९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७८.१८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४४६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ६९ हजार ८१२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ११९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३७ हजार ५२४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार