गृहपृष्ठ टिप्परको ठक्करबाट बुटवलमा एक बृद्धले गुमाए ज्यान
टिप्परको ठक्करबाट बुटवलमा एक बृद्धले गुमाए ज्यान
बुटवलमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बुटवलको पुष्पलाल पार्क छेउमा पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दैगर्दा लु २ ख ३०४६ नम्बरको ट्रिप्परले उनलाइ ठक्कर दिएको थियो ।
बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षीय नेत्रलाल श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।
उनलाइ बुटवलबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।






