गृहपृष्ठ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ सैनामैनाद्वारा रक्तदान सम्पन्न, ७७ युनिट रगत संकलन
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ सैनामैनाद्वारा रक्तदान सम्पन्न, ७७ युनिट रगत संकलन
कोरोना महामारीसंगै रगतको अभाव समेत देखिन थालिएको भन्दै सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले सोमबार रक्तदान कार्यक्रम गरेको छ ।
सैनामैना सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजना तथा नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको सहकार्यमा सैनामैना ८ सत्चिन्तन् सामुदायिक भवनमा गरिएको रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ ।
संस्थाका अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सैनमैना नगरपालिकाका उपप्रमुख विना रानाले संस्थाले निकै राम्रो रचनात्मक काम गरेको बताए । उनले संकटका वेला रगतको अभाव हुन नहुन सबै भन्दा ठुलो कर्म भएको पनि बताए ।
उपमेयर रानाले सैनामैना नगरपालिकाकले पर्यटन क्षेत्रलाई विशेष महत्वपूर्णका साथ हेरेको बताउनुभयो । उहाँले पर्यटनको मध्यमबाट नगरको विकास कार्यका लागि सैनामैना होटल व्यवसायी संघसँग नगरपालिका सहकार्य गर्दै आगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ बुटवल रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवालले बुटवलमा रगतको अभाव हुन नदिनका लागि सबै संघ संस्था र क्लवहरुको निकै ठुलो भुमिका रहेको बताए ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं. ८ का वडा अध्यक्ष रामशरण न्यौपाने, नेपाल नियमित रक्तदाता संघ बुटवल रुपन्देहीका उपाध्यक्ष लेखनाथ भण्डारी, नेपाल रेडक्रस सोसाइटी दुधराक्ष शाखाका अध्यक्ष रिम बहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी पर्रोहा शाखाका अध्यक्ष लोकनाथ अधिकारी लगायतको अतिथ्याता रहेको थियो ।
कार्यक्रममा संयोजक संस्था अध्यक्ष खेमराज पौडेलले रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै संघले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
हरेक व्यक्तिले रगतको अभावमा ज्यान गुमाउन नपर्ने अवस्था श्रृजना गर्नका लागि सबैले सहकार्य गर्नुपर्ने बताए ।
रक्त संचार केन्द्र बुटवलको प्रविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका सदस्यहरु तथा अन्य रक्तदाताहरुले रगत दान गरेका थिए । दाताहरुलाई प्रमाण पत्र समेत वितरण गरिएका संघले जनाएको छ ।
सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण सेनको स्वागत तथा महासचिव माधव ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

यस्तै आजै सैनमैना १ बनकट्टाको कोरोना अस्थाई अस्पतालमा बिस (२०) दर्जन केरा हस्तान्त्रण गरिएको छ ।





