गृहपृष्ठ सडक स्तरोन्नतीका लागि पाल्पाको बर्तुङ – तम्घास राजमार्ग बन्द हुने
सडक स्तरोन्नतीका लागि पाल्पाको बर्तुङ – तम्घास राजमार्ग बन्द हुने
तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक,माल्मुल –जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको हो ।
सोमबार सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै हरेक दिन बिहान ३ बजे देखि ६ बजे सम्म,बिहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ बजे देखि ४ बजे सम्म, साँझ ७ बजे देखि ८ बजे सम्म र साँझ ९ बजे देखि राती १२ बजेसम्म आवागमनमा रोक लगाइएको जनाएको छ ।





