गृहपृष्ठ सुरक्षित गर्भपतन ,भेदभाव न्यूनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुरक्षित गर्भपतन ,भेदभाव न्यूनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न
नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य ,किशोरी गर्भावस्था तथा सुरक्षित गर्भपतन ,भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा क्रियाशील सामुदायिक परामर्श दाता र साथी शिक्षकहरुको उपस्थित रहेको थियो।।नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका सामुदायिक परामर्श दाता तथा साथी शिक्षकहरुलाई लक्षित गरि अभिमुखी करण कार्यक्रम गरिएको एक सदस्यले जानकारी दिएका छन् ।
यस शाखाका शाखा प्रबन्धक श्री सोबाकान्त न्यौपाने ज्यु र UNFPA परियोजनाकी संयोजक श्री सान्तोना कार्की ज्युको प्रशिक्षणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रम शाखाका युवा संयोजक मिलन खड्का ज्युको अध्यक्षता, नेपाल परिवार नियोजन संघ केन्द्रीय युवा संयोजक माला न्यौपाने ज्युको प्रमुख आतिथ्य ,पकाड प्रोजेक्टको युथ च्याम्पीयन रेश्ना श्रेष्ठको स्वागत, पुर्वकार्य समिति सदस्य लेलिम थापा र सुरक्षा गिरी ले आ(आफ्नो धारणा राख्नु भएको थियो । UNFPA परियोजनाकी संयोजक श्री सान्तोना कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।।यस शाखाका शाखा प्रबन्धक श्री सोबा कान्त न्यौपाने ज्यु ले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु साथै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।।कार्यक्रम शाखा संञालित GCACI परियोजनाको आयोजना गरिएको हो ।






