गृहपृष्ठ नेपाली काङ्ग्रेस नवलपरासीले उखुकाे भुक्तानी सहित जन्मको आधारमा नागरिकता पाउनु पर्ने माग
नेपाली काङ्ग्रेस नवलपरासीले उखुकाे भुक्तानी सहित जन्मको आधारमा नागरिकता पाउनु पर्ने माग
ग्यानेश्वर सहानी / नवलपरासी /१२ मंसिर ।
पश्चिम् नवलपरासी नेपाली काङ्ग्रेसले अाज विभिन्न माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेललाई ज्ञापन पत्र बुझाएकाे छ ।
तत्काल किसानहरुकाे उखुकाे भुक्तानी हुनुपर्ने,केराकाे उचित बजार ब्यवस्थापन हुनुपर्ने र जन्मकाे अाधारमा नागरिकता पाउनु पर्ने लगायतकाे माग राख्दै ज्ञापन पत्र बुझाएकाे हाे।
लामाे समय देखि उखु किसानहरुकाे भुक्तानी नभएकाे ले तत्काल भुक्तानी गरिनु पर्ने, केराकाे बजार ब्यवस्थापन मिलाउनुपर्ने र जन्मकाे अाधार सन्तानहरुलाई नागरिकताको बाटो खुला गर्नुपर्न कुरामा संविधान सभा सदस्य देवकरण कलवार( सन्तु) ले लुम्बिनी प्रदेश सरकारसङ माग गर्नु भएको हो ।
एकातिर उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका सन्योजक उमेशचन्द्र यादवले तत्काल माग पूरा नभए अान्दाेेेलनकाे बाटो रोज्नु पर्ने बाध्यता हुने बताउनु भएको छ । माग पूरा नहुन्जेल सडक देखि सदन सम्म अान्दाेलन गर्ने जिकिर सन्योजक यादवलेे गर्नु भएको छ । पश्चिम् नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र न: १ का सभापति मुकुल कुमार अाचार्य द्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै मुु्ख्यमन्त्री पाेख्रेलले माग पूरा हुने अाश्वासन दिनु भएको जानकारी दिइएका छन ।







