२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ गहभरी आशु गराउदै लेख्दैछु यो विश्वास नै नलाग्ने दुखद खबर

गहभरी आशु गराउदै लेख्दैछु यो विश्वास नै नलाग्ने दुखद खबर

रुपन्देहीका पत्रकारद्वय सबैका प्रिय दाजु भाउजु अमृत पाण्डेय र सञ्जु पौडेल (पाण्डेय) लाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिकका तिलोत्तमा संवाददाता समेत रहेकी सञ्जुका ससुराबुबा र सबल पोष्ट साप्ताहिकका तथा सबल पोस्ट अनलाईनका प्रधान सम्पादक अमृत दाजुको  बुबा खडानन्द पाण्डेयको आइतबार भैरहवा स्थित यूनिभर्सल मेडिकल कलेजमा कोरोना संक्रमणका कारण निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

 

पाण्डेयको कोरोना संक्रमण पुस्टि भएपछि भैरहवा मेडिकल कलेजमा उपचार गर्दै गर्दा ६८ वर्षको उमेरमा निधन भएको हो । गत मँसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उहाँको स्वास्थ्य अवस्था खराब भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरिएको थियो र थप उपचारका लागि शनिबार भैरहवाको मेडिकल कलेजमा भर्ना गरिएको थियो । उहाँ स्याङ्जाको कालिगण्डकी गाउँपालिका-२ घर भई हाल बुटवल-११ कालिकानगर बस्दै आउनुभएको  थियो । मृतक पाण्डेयका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । पाण्डे परिवारमा भएको यो दुखद निधनले उदएमान परिवारलाई समेत मर्माहत तुल्याएको छ।  शोकको यस घडिमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन भनि गहिरो समबेदना गर्दछौ ।

बुबा हजुरको स्वर्गमा बास होस हजुर सदा सम्झनामा रहनुहुनेछ हजुरको संचार प्रतिको माया अनि हजुरले दिएका सम्पूर्ण सल्लाह हामी सदा सदा सम्झने छौँ र ब्यबहारमा उतार्ने छौँ । अलबिदा बुवा ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार