गृहपृष्ठ यथार्थ कुरा बुझेर मात्र समाचार लेख्ने गर्नुस : नगर उप प्रमुख टीका रेश्मी
यथार्थ कुरा बुझेर मात्र समाचार लेख्ने गर्नुस : नगर उप प्रमुख टीका रेश्मी
शितगंगा नगरपालिकाका उप प्रमुख टिका रेश्मीले यथार्थ कुरा बुझेर मात्र समाचार लेख्न र सामाजिक संजालमा शेयर गर्न आग्रह गर्नुभएको छ ।
केही दिन अगाडी राजनैतिक दल र जनप्रतिनीधिको भागभण्डा नमिल्दा शितगंगा नगरपालिकामा १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्र शिल्यान्यास नभएको भन्दै केही संचार माध्यम र केही ब्यक्तिहरु निराधार समाचार र सामाजिक संजालमा पोष्ट गरेको भन्दै उहाँले जनप्रतिनीधीको मनोबल नगिराउन र यथार्थ कुरा बुझेर समाचार बनाउन र सामाजिक संजालमा पोष्ट गर्न अनुरोध गर्नुभएको छ ।





