२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते

रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते

 

पुर्व पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको देवदह नगरपालिका वडा नं १० स्थित चराङ्गे चोकमा एक यात्रुबाहक बस पल्टिदा १५ जना यात्रु घाइते भएका छन् । दाङबाट नारायणगढ तर्फ जादै गरेको प्रदेश ३–०३–००१ ख ००५९ नं को वस को वस बिहीबार दिउसो १ बजे दुर्घटना हुदा बसमा सवार १५ जना घाइते भएको रामनगर वडा प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक हरि श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी घाइतेहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा जिल्ला कपिलवस्तु तौलिहवा २ वस्ने वर्ष ४९ कि सीता श्रेष्ठ,जिल्ला दाङ तुल्सिपुर उप महा न पा १८ वस्ने वर्ष १८ कि आरति वि क, सोही ठाउँ वस्ने वर्ष २ कि अस्मिता वि क, वर्ष ६ कि विमला वि क, वर्ष २४ को सुभाष वि क, वर्ष २२ कि सरसता वि क, वर्ष २२ को रामचन्द्र नेपाली, वर्ष २० कि राधा घिमिरे,जिल्ला रुपन्देही बुटवलकी वर्ष ४७ कि मिरा श्रेष्ठ, सोही ठाउँ बस्ने वर्ष २० कि रक्षा श्रेष्ठ,बर्ष २४ कि मुना पाण्डे,जिल्ला नवलपरासि कावासोती न पा ३ वस्ने वर्ष ४२ को तिलक कुवर, जिल्ला चितवन मंगलापुर न पा १६ वस्ने वर्ष २३ का रिशन गुरुङ, जिल्ला रुपन्देही सैनामैना ११ वस्ने वर्ष ३५ कि गंगा थारु र जिल्ला कपिलवस्तु गझेडा वस्ने वर्ष ४७ कि शुत्रजिया थारु रहेका छन् ।

बसको टायरको रड भाचिन गई बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना सम्बन्धि थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार