गृहपृष्ठ सिरहाको सुखीपुरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्ष्यति
सिरहाको सुखीपुरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्ष्यति
सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्ष्यति भएको छ । स्थानीय बिरेन्द्र चौधरीको नाउँ मा दर्ता भई सागरमाथा एग्रीकलचर फर्ममा शनिबार राति ११:४० मा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । आग्लागी बाट १०० सय पिस हास र दाना ,पिडर डिंकर १५ पिस सहित जलेर नस्ट भएको पीडित दिपेन्द्र चौधरीले बताए ।

फर्म केहि बर्ष अगाडी स्थानीयहरुको जग्गा १५ बर्षको लागि ५ बिगहा जग्गा भाडामा लिई संचालनमा ल्याइएको थियो । आगलागीबाट रु. २८१९०० करिब दुई लाख एकासि हजार नौ सय बराबरको समान पुर्ण रूपमा जलेर खरानी भएको पीडित दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।आगलागी हुँदा सम्बन्धित वडाका अध्यक्ष हरिबंस महतो र ईलाका प्रहरी कार्यालय सुखीपुरलाई समेत जानकारी गराएका थिए । चौधरीले गाउँमा ऋण कर्जा लिई फर्म संचालन गरेका छन् । चौधरीको फर्मबाट बार्शिक ३ लाख ५० हजार आम्दानी हुने गएको पीडितको छोरा दिपेन्द्र चौधरीले बताए । पीडित चौधरीलाई क्षेति पुर्तिको कहिँबाट पहल न भएको उनले दुःख ब्यक्त गरेका छन् ।





