२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ युवालाई कसरी आकर्षित गर्छन् सुर्ति कम्पनीले

युवालाई कसरी आकर्षित गर्छन् सुर्ति कम्पनीले

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थ बनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीले निम्न तरिका (विज्ञापन) बाट युवालाई आकर्षित गर्न खोज्नेछन् । साथीभाइको लहलहै, अनुभवका लागि धेरै युवा अहिले धूमपानप्रति आकर्षित भइरहेका छन् । गत मे ३१ तारिखका दिन विश्व धूमपानरहित दिवस मनाइयो । यसमा जनचेतना अभियान, युवालाई कसरी सुर्तीजन्य पदार्थको विज्ञापन तथा मार्केटिङबाट बचाएर उनीहरुलाई सुर्तीजन्य पदार्थ खानका लागि हतोत्साही गर्ने भन्ने नाराका साथ सम्पन्न भयो ।

प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनले यो दिन सुर्तीजन्य पदार्थ विरुद्ध जागरण अभियान चलाउँदै, यसबाट हुने स्वास्थ्यसम्बन्धी हानिकारक र संभावित रोगका बारेमा जानकारी गराउँदै विश्वभरका सरकारलाई सुर्तीजन्य पदार्थको विरुद्धमा राष्ट्रिय योजना बनाई यसको वेचविखन तथा प्रयोग गर्न हतोत्साहित गर्ने कानुनलाई प्रभावकारी बनाउन घचघच्याउने गर्छ ।विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नाले प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ । यो संख्या आगामी वर्षहरुमा यसको सेवनमा कमी नगरे अझ बढ्ने खतरा छ । विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ७५ जना मानिसको मृत्यु भएको पाइएको थियो । यसले धेरै मानिसको अकालमा मृत्यु हुने गरेको देखिन्छ ।

 

सुर्तीजन्य पदार्थको सेवनले धेरै थरिका क्यान्सर (जिब्रो, फोक्सो, मुख, घाँटी आदिको), मुटु रोग, स्ट्रोक, फोक्सोसम्बन्धी रोग तथा अन्य स्वास्थ्य समस्या हुन्छ ।यो वर्ष विश्व स्वास्थ्य संगठनले युवालाई सशक्त बनाई विश्वका ठूला प्रख्यात सुर्तीजन्य पदार्थ बेच्ने कम्पनीका विज्ञापन तथा मार्केटिङमा नफसी कुनै पनि सुर्तीजन्य पदार्थ तथा यसका उत्पादन (इ सिगरेट, भेपिङ डिभाइस) स्वास्थ्यका लागि अति हानिकारक रहेको तथ्य बुझ्न तथा यसको प्रयोगलाई हतोत्साही पार्न युवालाई यसको सेवन गर्न निरुत्साहित पार्ने मुख्य उद्देश्य रहेको छ ।यसका लागि समाजमा अग्रणी भूमिका खेल्ने सञ्चारमाध्यम, शिक्षक, अभिभावकलाई प्रयोग गरेर भएपनि युवालाई यसको सेवनबाट टाढा राख्नुपर्ने सन्देश दिन खोजेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थ बनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीले निम्न तरिका (विज्ञापन) बाट युवालाई आकर्षित गर्न खोज्नेछन्–स्वाद (फ्लेभर्स)– चेरी, स्ट्रबेरी, चकलेट लगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बेच्नु ।

ढाँचा (डिजाइन) – स्टिक्स, क्यान्डी, हुक्का जस्ता आकर्षक देखिने सजिलैसँग बोक्न तथा लुकाउन मिल्ने आकारमा बनाउनुभएको कुरा – सुर्ती उत्पादक कम्पनीले कहिल्यै नभएको अनुसन्धान तथा खोज जस्तै भेपिङ डिभाइसलाई लिन सकिन्छ । यो भन्दा चुरोट नै सफा तथा स्वास्थ्यका लागि कम हानिकारक छन् भनेर देखाउछन् । यी कुरामा पनि सत्यता छैन ।व्यापारिक कुरा – समाजका चर्चित व्यक्तिहरु जस्तै सेलिब्रेटीलाई आफ्नो उत्पादनको विज्ञापन गराउने गर्छन् ।सहज बिक्री स्थान– चुरोट तथा सुर्तीजन्य पदार्थलाई मीठो, गुलियो स्न्याक्स पाईने स्थानको नजिकै बिक्रिलाई राख्ने गरिन्छ । जसमा युवाको सहज पहुँच हुन्छ ।चलचित्र–चलचित्रमा कलाकारले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको अथवा टेलिभिजनमा देखाएर युवालाई आकर्षित गर्ने प्रोपोगान्डा पनि गरिन्छ ।

 

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्था (टिनएज) बाट यसको सेवन सुरु गर्छन् । जति सानो उमेरका सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु गर्‍यो त्यति नै यसको गहिरो लत बस्ने संभावना रहन्छ । यही कारणले गर्दा युवाहरु चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु महत्वपूर्ण हुन्छ ।

(डा. शाही पाटन अस्पतालमा क्यान्सर रोग बिशेषज्ञ हुनुहुन्छ ।)

@tilottamacitynews

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार