गृहपृष्ठ निशुल्क शिक्षा अभियानका लागि लक्ष्मण बिसिले गरे सहयोग प्रदान
निशुल्क शिक्षा अभियानका लागि लक्ष्मण बिसिले गरे सहयोग प्रदान
अन्तिम फाउन्डेसन नेपालले दिर्घकालिन साेचका साथ अनाथ,असाहाय तथा विपन्न बालबालिकाकाे लागि निशुल्क शिक्षा अभियान संचालन गरेको छ । अभियान सम्पन्नको लागि संस्थाले सहयोग अभियानलाई पनि निरन्तरता दिएको छ ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा ९ निवासी तथा नेपाल पत्रकार संघ नवलपरासीका सदस्य लक्ष्मण बिसिले यस अभियानका लागि आफ्नो जन्मदिनको अवसरमा नगद रु १००० सहयोग प्रदान गरेका छन । सहयोग प्रदान गर्ने क्रममा कुनै पनि रमाइला क्षण मनाउदा थोरै भएपनि ढुखी असहाय, अथवा यस्तै सस्थामा जति सकिन्छ त्यति सहयोग प्रदान गर्दा मनमा निकै खुशी मिल्ने कुरा उनले बताए।
उनी लोक तथा दोहोरी गायकका रुपमा पनि परिचित उनी उदयमान डट कम, प्रतापपुर न्युजका रिपोर्टर तथा विभिन्न संचार माध्यम र सामाजिक संघसंस्थामा लागेर समाजसेवामा तल्लिन लक्ष्मण बिसि यश फाउन्डेसनका कार्यबहाक सदस्य पनि हुन ।





