२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ बझाङबाट बाजुरा आउँदै गरेको जिप दुर्घटना ६ जना घाइते

बझाङबाट बाजुरा आउँदै गरेको जिप दुर्घटना ६ जना घाइते

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । बझाङबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज १०५८ नम्मरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर खप्तड छेडेदह गाउँपालिकाको वडा नं. ६ लमगाउँमा सो जीप दुर्घटना भएको जनाएको छ ।

सो जीपमा चालक सहित ६ जना सवार रहेको जनाएको छ । गाडीमा सवार १ जना सिकिस्त घाइते भएका छन् । घाइते भएका खप्तड छेडेदह गाउँपालिका वडा नं. ६ का बर्ष ३० दिनेश गन्दर्भ रहेको प्रहरीले जनाएको छ । उनलाई अछामको बयालपाटा अस्पताल लैजाने तयारी भएको खवर प्राप्त भएको छ उनको टाउकोमा गम्भीर चोट लागेको जनाएको छ । त्यसै गरी चालक सहित अन्य ५ जना सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बझाङको जयपृथ्बी नगरपालिका वडा न २ की सरिता रानाको अनुहारमा चोट लागेको, खप्तड छेडेदह गाउँपालिका ६ का बर्ष ४० का केशव बिष्टको टाउँकोमा सोही नगरपालिका ५ का अर्जुन बुढाको अनुहारमा गोलेश्वर नगरपालिका ४ का बर्ष १८ का शुरेस रानाको टाउँकोमा सोही नगरपालिका ६ का बर्ष २० का नरेन्द्र गन्दर्भको टाउँकोमा सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार