२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आज राष्ट्रिय टोपी दिवस मनाइदै

आज राष्ट्रिय टोपी दिवस मनाइदै

आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित टोपी दिवस मनाउने गरिन्छ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली सस्कृति बिस्तारै भुल्दै गएको  भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपालमा मात्रै नभइ विदेशका रहेका धेरै नेपालीहरुले समेत परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली राष्ट्रिय टोपीका रुपमा लिने गरिन्छ ।

सम्बन्धित गीत :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार