२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ ट्रकले स्कुटरलाई ठक्कर दिदा एक दम्पति गम्भीर घाइते

ट्रकले स्कुटरलाई ठक्कर दिदा एक दम्पति गम्भीर घाइते

रुपन्देहीको तिलोत्तमा नगरपालिका नयामिल स्थित हाइवे सडकमा ट्रकले ठक्कर दिदा स्कुटीमा सवार २ जना गम्भीर घाइते भएका छन्।  बुटवलबाट भैरहवा जादै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाइ ठक्कर दिदा तिलोत्तमा-११ निवासी रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का गम्भीर घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका दम्पत्तिलाई क्रिम्सन अस्पतालमा उपचार भैरहेको अस्पतालबाट इलाका प्रहरी कार्यालय मंगलापुरका हरिहर उपाध्यायले बताए। अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।  ट्रक चालक र ट्रक भने अहिले मंगलापुर नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।  दुर्घटना के कसरि भयो भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार