गृहपृष्ठ प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिताको तयारी पुरा
प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिताको तयारी पुरा
रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा हुने मिडिया कप फुटसल प्रतियोगितामाको टाइसिट सार्वजनिक भएको छ । ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजडट कमको आयोजनामा माघ ३ गते ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता –२०७७’ गर्दैछ ।फुटसल प्रतियोगितामा सहभागि हुनका लागि २१ वटा मिडियाले नामावली पठाएको भएपनि बिभिन्न मापदण्ड नपुगेपछि ५ वटा टीमको नाम दर्ता नगरि फिर्ता पठाइएको संयोजक यमलाल भुसालले बताए । सबै प्रकृया पुगेका १६ टीमले माघ ३ गतेको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।प्रतियोगिता सबै तयारी पुरा भएको उनले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेतालाइ नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ४ लाख खर्च हुने अनुमान गरिएको छ ।प्रतियोगिता कार्यक्रम संयोजक डिबी सुस्लिङले प्रतियोगितामा मिडिया हाउसका पत्रकारहरुको टिमको सहभागिता रहेको बताए । ग्लोबल आवाजका सम्पादक एनबि कंडेलले संचार क्षेत्र सामाजिक उत्तरदायित्वसहित रचनात्मक कार्यक्रम बोकेर अघि बढेको बताए।





