२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटी को पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । अध्यक्ष क. निरज आचार्य को अध्यक्षतामा , अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य क. सरोज पोखरेलको प्रमुख आतिथ्यतामा , सचीव क. योगेन्द्र रायमाझी को संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष क. दिपक के.सि. ले राख्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य क. सरोज पोखरेल , केन्द्रिय सदस्य तथा जिल्ला संयोजक क. साजन भण्डारी , केन्द्रिय सदस्य तथा जिल्ला सह-संयोजक क. शेषकान्त पोखरेल , केन्द्रिय सदस्य हरु क्रमशः दिपक चापागाईं , प्रकाश पराजुली , रमेश ढकाल , सुर्य कुँवर , बिजय कार्की र जिल्ला कमिटी सदस्य क. गुन ब.श्रेष्ठ ले मन्तव्य राख्नु भएको थियो । बैठकबाट रक्तदान कार्यक्रम गर्ने निर्णय भएको र उक्त कार्यक्रम को संयोजक क. दिपक के.सि. लाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार