२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, गत २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु

आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, गत २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप २३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २३२ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६९ हजार १८० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३८६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६३ हजार ७३४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५४१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ३८ हजार ८४२ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा १४७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार ४५२ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९९४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार