गृहपृष्ठ क्रोटोनलाई हराएर उपाधि होडलाई कायम राख्ने तयारीमा युभेन्ट्स
क्रोटोनलाई हराएर उपाधि होडलाई कायम राख्ने तयारीमा युभेन्ट्स
इटालियन सिरीए फुटबलमा साविक विजेता युभेन्ट्सले आज क्रोटोनसँग प्रतिस्पर्धा गर्दैछ । युभेन्ट्सले घरेलु मैदानमा क्रोटोनको सामना गर्नेछ । युभेन्ट्स र क्रोटोनबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ । क्रोटोनविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । घरेलु मैदानमा युभेन्ट्सलाई जित निकाल्न सहज हुने अनुमान समेत गरिएको छ ।
किनकि यस सिजन क्रोटोनले निकै खराब प्रदर्शन गरिरहेको छ । क्रोटोन लिगको पुछारमा रहेको छ । युभेन्ट्स क्रोटोनलाई हराएर उपाधि होडलाई कायम राख्न चाहन्छ । घरेलु मैदानमा जित निकालेमा युभेन्ट्स लिगको तेस्रो स्थानमा समेत उक्लने छ । युभेन्ट्स ४२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा ११ अंकले पछि रहेको छ । तर, युभेन्ट्सले २ खेल कम खेलेको छ । क्रोटोन भने १२ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।





