२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ बुटवलमा एक युवाको मोटरसाइकल दुर्घटना परी मृत्यु

बुटवलमा एक युवाको मोटरसाइकल दुर्घटना परी मृत्यु

बुटवलमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बुटवलमा मोटरसाइकल अनियन्त्रित हुदा ट्याक्टर सँग ठोकिएको थियो । बिहिवार दिउसो बुटवल – ८ सिद्दबाबा हस्पिटल नजिकै लु. २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना. १ क. ८२ ५२ नम्बरको ट्याङकरमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी पाल्पाको तिनाउ–१ कचल, झिगामारा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३३ वर्षका दोलक बहादुर पुन मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । उपचारका क्रममा पुनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार