२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ बुटवल उद्योग वाणिज्यको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो

बुटवल उद्योग वाणिज्यको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो

बुटवल उद्योग वाणिज्यको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बिहान ९ बजेबाट भएको चुनाव साझ ५ बजेसम्म संघको वालमन्दिरमा भएको हो । संघमा १ हजार ६ सय १३ जना मतदाता रहेकोमा ११७४ जनाले मतदान गरेका छन ।

बेलुका साढे ७ बजेदेखि मतगणना शुरु हुने उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार कविन्द्र नेपालले जानकारी दिए।

अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु र वाणिज्य उपाध्यक्ष हरि अर्याल मैदानमा छन्। अध्यक्ष सहित सचिव, कोषाध्यक्ष र केही सदस्य पदको लागि मतदान भएको हो । बरिष्ठ उपाध्यक्ष, दुइ उपाध्यक्ष, महासचिव, एशोसिएट सदस्य र उद्योग सदस्य र बाणिज्य सदस्यमा यस अघि नै एक उमेद्वारी परेकाले निरविरोध भएको छ । निर्वाचनको नतिजा मध्यरातसम्ममा आउने निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार