गृहपृष्ठ बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा कसजु निर्वाचित
बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा कसजु निर्वाचित
बुटवल उद्योग बाणिज्य संघको निर्वाचनमा उज्वल कसजु निर्वाचित भएका छन । भर्खरै सम्पन्न मतगणनको परिणाम अनुसार कसजुले ६६२ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी हरी प्रसाद अर्यालले ४८३ मत पाए । ११७४ मत खसेकोमा अर्याालले भन्दा कसजुले १७९ मत बढी ल्याए ।
अर्याललाई संघका पुर्व अध्यक्ष लगायत उनी आवद्ध नेपाली कांग्रेसले समेत असहयोग गरेको थियो । कसजु यस अघि बरिष्ठ उपाध्यक्ष भने अर्याल वाणिज्य उपाध्यक्ष थिए । कसजुलाई निर्वमान अध्यक्ष खिम बहादुर हमाल तथा पुर्व अध्यक्षहरु महेशमान सिंह, सुरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुनमान सैजु, निर्मल प्रसाद लाकौल जिवन प्रसाद वझा लगायतले सहयोग गरेका थिए । संघमा १ हजार ६ सय १३ सदस्य मतदाता रहेकोमा बिहान ११ बजे देखि सुरु भएको मतदानमा ११७४ जना मतदाताले भाग लिएका थिए ।
संघको बरिष्ठ उपाध्यक्ष, दुइ उपाध्यक्ष, महासचिव, एशोसिएट सदस्य र उद्योग सदस्य र बाणिज्य सदस्यमा यस अघि नै एक उमेद्वारी परेकाले निर्विरोध भैसकेका छन । संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा क्रमशः टंकप्रसाद गैरे, नरिश्वर शर्मा पौडेल र बिमलराज भट्टराई निर्विरोध भईसकेका छन् । भने अध्यक्ष सहित सचिव, कोषाध्यक्ष र केही सदस्य पदको लागि मतदान भएको थियो ।





