२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ गाउँपालिका भित्रका सम्पुर्ण समस्या समाधान गर्न आफु लागि पर्ने : अध्यक्ष गुप्ता

गाउँपालिका भित्रका सम्पुर्ण समस्या समाधान गर्न आफु लागि पर्ने : अध्यक्ष गुप्ता

ज्ञानेश्वर सहानी,नवलपरासी, फाल्गुन १७ ।

पश्चिम नवलपरासीको पल्हीनन्दन गाउँपालिकामा रहेकाे युवा,बालबालिका,महिला,जेष्ठ अपांग तथा सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने पल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ता ( बैजु)ले जानकारी दिनुभएकाे छ ।

पल्हीनन्दन गाउँपालिकामा रहेकाे वडा नं. १ देखि ६ सम्मकाे सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने आफ्नाे मुख्य जिम्मेवारी रहेकाे प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे । पल्हीनन्दन गाउँपालिका क्षेत्र भित्र रहेको लागुपदार्थ दुर्ब्यसनि बढि हुने भएकाेले यस तर्फ पनि समाधानका लागि आफु लागि परेकाे बताउनु भयाे । याे गाउँपालिका अन्तर्गत रहेकाे यी विभिन्न समस्याहरु समाधान गर्न गाउँपालिकाले कुनै पनि कुरामा पछि नपर्ने ठाेकुवा गर्नुभयाे ।

गाउँपालिका अन्तर्गत रहेकाे सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई पल्हीनन्दनकाे सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेकाे बताउनुभयाे । याे बर्षकाे खास गरि बालमैत्री,जेष्ठ नागरिक, गभवती महिलाहरुको लागि तथा सडक कालाेपत्रे शिक्षा ,स्वास्थ्य ,खानेपानि ,युवा बिकास तालिम ,निर्माण,महिला ,बालबालिका ,पिछडा बर्ग लगायत क्षेत्रकाे बिनियाेजित कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको छ र ३५ प्रतिशत कार्य प्रक्रियामा रहेको जानकारी दिनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार