गृहपृष्ठ रामग्रामकाे सुक्राैलामा मन्त्री चाैधरीद्वारा पुल शिलान्यास कार्यक्रम सम्पन्न
रामग्रामकाे सुक्राैलामा मन्त्री चाैधरीद्वारा पुल शिलान्यास कार्यक्रम सम्पन्न
आज पश्चिम नवलपरासीको रामग्राम न।पा वर्डा नं १५ सुक्रौली(घिनहा जोड्ने तुरिया खोलामा पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
रामग्राम नगरपालिका का मेयर नरेन्द्र कुमार गुप्ता को अध्यक्षाता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मन्त्री बैजनाथ चौधरी को प्रमुख आतिथ्यता मा पुल शिलान्यास कार्यक्रम भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल , दिपेन्द्र अधिकारी , भगवती भण्डारी , रामग्राम नगरपालिका वडा नं १५ का वडा अध्यक्ष धनपत यादव , नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा , पत्रकार मोहन पौडेल , सुरेश यादव ,
गौरीशंकर जयसवाल लगायत स्थानियहरु उपस्थिति रहेको थियो भने उक्त पुल को म्याद २०७९ कार्तिक मसान्तसम्म सम्पन्न गर्नुपर्ने छ ।





