२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आफ्नै छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ

आफ्नै छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ

पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३८ वर्षीय बुबाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

छोरीलाई बलात्कार गरेको घटना गाउँभर फैलिन थालेपछि उनी तीन महिनाअघि भारततिर भागेका  तीन महिनापछि घर फर्किएका उनलाई गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाए लगत्तै उनलाई नियन्त्रणमा लिएको हो । पीडित बालिकाले आफ्नै बुवाले विगत पाँच वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् । पीडित बालिकालाई बिहीबार नै स्वास्थ्य परीक्षणको लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाउने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार