२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर ११ ले बागमती प्रदेशलाई पराजित गरेको छ ।

सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर ११ ले बागमती प्रदेशलाई पराजित गरेको छ ।

काठमाडौं । सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशलाई पराजित गरेको छ । आइतबार मुलपानि क्रिकेट मैदानमा भएको खेलमा मेयर्स ११ ले बागमतीलाई ९४ रनले पराजित गरेको हो ।

मेयर्स ११ ले दिएको २४५ रनको लक्ष्य पछ्याएको बागमतीले ३४.३ आभेरमा सबै विकेट गुमाउँदै मात्र १५० रन बनाउन सक्यो ।

बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ६० रनको पारी खेले । उनले ७९ बलको सामना गर्दै ८ चौकाको मद्दतमा ६० रन बनाएक हुन् । उनी अनिल खरेलले गरेको ३३ औं ओभरको पहिलो बलमा बोल्ड आउट भए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र इसान पाण्डेले समान १७–१७ रन जोडे । मल्लले १९ बलमा दुई चौका र १ छक्कासहित १७ रन जोडेका हुन् । पाण्डेले भने ४० बलमा एक चौकासहित १७ रन जोडे ।आदिल खानले १५, पारस खड्काले १० नन्दन यादव ७, दिपेश श्रेष्ठ ३ रनमा पेभिलिय फर्किए ।
बलिङतर्फ कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उन ९ ओभरमा ४० रन खर्चँदै तीन विकेट लिएका हुन् । त्यस्तै खनिल खरेल र विपिन खत्रीले समान २–२ तथा सिद्धान्त लोहनी र कृष्ण कार्कीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडैं मेयर्स ११ ले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४४ रन बनाएको हो । पछिल्ला क्रममा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि मेयर्स ११ ले मेयर्स कप क्रिकेटमा बागमति प्रदेशलाई २४५ रनको लक्ष्य दिएको थियो ।

काठमाडौंका लागि सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरे । यस्तै सिद्धान्त लोहनी, सौरभ खनाल र विपिन आचार्यले उत्कृष्ट ब्याटिङ गरे ।
काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमति प्रदेश विरुद्ध आक्रमक ब्याटिङ गर्दै ४२ रन बनाए ।

नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसंग ५७ रनको साझेदारी गरे । सौरभले अविजित रहँदै काठमाडौं मेयर ११ का लागि सर्वाधिक ४९ रन बनाए । उनले ५८ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।

सौरभ र विपिन खत्रीले नवौं विकेटका लागि ६० रनको साझेदारी गरे । विपिनले ३० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए । त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
बलिङमा बागमतिका नन्दन यादवले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरी र अरियो पौडेलले २–२ र दिपेश श्रेष्ठले १ विकेट लिए ।

Source-WicketNepal

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार