गृहपृष्ठ जुनियर कोअपरेटिभ सोसाइटी गठन, व्यक्तिगत तथा सामाजिक काममा सक्रिय हुने योजना सार्वजनिक
जुनियर कोअपरेटिभ सोसाइटी गठन, व्यक्तिगत तथा सामाजिक काममा सक्रिय हुने योजना सार्वजनिक
शान्ति नमुना माविमा जुनियर कोअपरेटिभ सोसाइटी जेसिएस गठन गरिएको छ । भेलाले क्लबको अध्यक्षमा श्रेया पङ्गेनीलाई चयन गरेको छ । त्यसैगरि कार्यकारी उपाध्यक्षहरुमा आदर्श न्यौपाने र राज पन्थ, महासचिवमा विनिता ज्ञवाली, सचीवमा श्रेया गौतम, सहसचिवमा अनिता पछाई, कोषाध्यक्षमा सन्देश पौडेल, सहकोषाध्यक्षमा कृतिका भण्डारी तथा उपाध्यक्षहरुमा प्रशंसा पाण्डे, दिक्षिता पाण्डे, शुभु भण्डारी र प्रशान्त पौडेललाई चयन गरेको छ ।
त्यसै गरि तालीम निर्देशक आयुशा भट्टराई, सामाजिक कार्य संयोजक गौरी खनाल, खेल संयोजक पवन खरेल, कला संस्कृति संयोजक नेहा भट्टराई, साहित्यिक संयोजक आशिष खरेल, सकारात्मक जीवन संयोजक शिशिर ज्ञावली, क्लास इसुज संयोजक शिखा बस्नेत, पर्सनल इसुज संयोजक श्रेया थापा क्षेत्री, आईटी संयोजक विपिन भट्टराई केसी, कोष वृद्धि संयोजक विक्की ज्ञावली, वातावरण संयोजक अनिश बस्याल, शिक्षक विद्यार्थी सम्बध संयोजक पुजा डुम्रे, प्रार्थना समय संयोजक प्रशंसा अर्याल, क्लब सहकार्य संयोजक प्रकाश पाण्डे, अनुसन्धान संयोजक सल्या घिमिरे, अध्यक्षिय सल्लाहकार संविधान पौडेल, अध्यक्षका प्रमुख सहयोगी सम्पदा भट्टराई, प्रवक्ता सुमिना परियार, एसक्युसी संयोजक सविना क्षेत्री चुनिनुभएको छ । निर्देशकहरुमा सुरेश जिएम, हृदय राज भुषाल, निशा खनाल, कामना ढकाल, प्रदिप पाण्डे, कृतिका कँडेल र आँचल तिवारी चयन हुनुभएको छ ।
क्लवले विद्यालयका प्राचार्य कुल प्रसाद लामिछानेलाई क्लबको संरक्षक मनोनयन गरेको छ भने सल्लाहकारहरुमा सहायक प्राचार्य द्वय स्थानेश्वर बस्याल र किशोर कुमार खनाललाई मनोनीत गरेको छ । क्लबको संयोजन शिक्षक शिव खनालले गर्नुहुनेछ ।
संस्था गठनसँगै पदाधिकारीहरुको पहिलो बैठकमा क्लबले गर्ने विभिन्न कार्यक्रम बारे छलफल गरिएको थियोे । छलफलले विद्यालयले मासिक रूपमा प्रकाशन गर्ने शान्ति बाल भित्ते पत्रीकामा सहकार्य गर्ने, डिजिटल लत, मेमोरी कला, उत्प्रेरणा एवम् जीवन उपयोगी शिक्षा लगायतका तालिम संचालन गर्ने, वृक्षरोपण, सरसफाइ लगायतका कार्य गर्ने बारे निर्णय गरिएको थियोे । अध्यक्ष श्रेया पङ्गेनीले सम्पुर्ण पदाधिकारीहरुले आफुले पाएको जिम्मेवारी पूरा गर्न आव्हान गर्नुभयो । वहाँले सबैको साथ रहे विद्यालयको एउटा नमुना क्लब बनाउन सकिने विश्वास व्यक्त गर्नु भयो । क्लबका कार्यकारी उपाध्यक्षहरुले क्लबका २/२ उदेश्य क्षेत्रमा कार्य गर्नेछन् भने संस्थाका उपाध्यक्षहरुले क्लबका मुख्य ४ उदेश्यहरु मध्ये एक एक उदेश्यको क्षेत्रमा काम गर्ने बताए । विद्यालयका विभिन्न क्लबहरुसँग सहकार्य गर्ने तथा विभिन्न संयोजकले आ(आफ्नो क्षेत्रमा कार्य गर्ने जनाएका छन् ।





